Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकको मुनाफा ९७ करोडमाथि

सोमबार, २७ कार्तिक २०७४, १२ : २८ मा प्रकाशित

नेपाल बैंकको मुनाफा ९७ करोडमाथि

गत वर्ष भन्दा घट्यो

अर्थ संसार, काठमाडौं  -  नेपाल बैंकको खुुद मुनाफा घटेको छ । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ९७ करोड १३ लाख १८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । तर गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब १६ करोड ६० लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुंजी आठ अर्ब चार करोड २६ लाख ६२ हजार रुपैयाँ बैंकले चालुु आवको असोज मसान्तसम्म ९२ अर्ब ७२ करोड सात लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब ६९ करोड ५७ लाख १२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

घरजग्गा क्षेत्रमा तीन अर्ब ८३ करोड २० लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले सो अवधिमा एक अर्ब ३९ करोड ४० लाख २४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

संभावित जोखिम व्यवस्थापन शिर्षकमा २२ करोड ९९ लाख ५१ हजार रुपैयाँ छुु्टाएको बैंकले २९ करोड २९ लाख १६ हजार रुपैयाँ राईट व्याक गरेको छ भने निष्क्रिय कर्जाको अनुुपात तीन दसमलव ४२ प्रतिसत रहेको छ ।

गत आवको सोही अवधिमा बैंकले ८६ अर्ब २२ करोड ३७ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी  ६६ अर्ब तीन करोड १२ लाख ७० हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको