Like us!
Follow us!
Connect us!
Watch us!

२४ कम्पनीको सेयर बजारमा आउने तयारीमा (लिष्टसहित)

मंगलबार, २८ कार्तिक २०७४, १० : ४५ मा प्रकाशित

२४ कम्पनीको सेयर बजारमा आउने तयारीमा (लिष्टसहित)

अर्थ संसार, काठमाडौं– सेयरमा बजारमा २४ कम्पनीको सेयर आउने भएको छ । यो अवसर पुराना लगानीकर्तामा मात्र सहभागि हुन पाउनेछन् ।

जो लगानीकर्तासँग यी २४ कम्पनीको सेयर छ, त्यसले मात्र सेयर किन्न पाउँनेछन् । २४ कम्पनीको हकप्रद सेयर आउन लागेको हो ।

ओम डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, अपि पावर कम्पनी, गृहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, भार्गव विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंक, सिभिल बैंक, रिलायन्स फाइनान्स, युनाइटेड फाइनान्स, ललितपुर फाइनान्स, लुम्बिनी विकास बैंक, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सहारा विकास बैंक, एभरेष्ट इन्स्योरेन्स, सिद्धार्थ बैंक, गण्डकी विकास बैंक, गुराँस लाइफ इन्स्योरेन्स, सांग्रिला डेभलपमेन्ट बैंक, प्रुडेन्सिएल इन्स्योरैन्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक र एसियन लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । 

यी कम्पनीहरुले आफ्नो हकप्रद सेयर विक्री गर्न विक्री प्रबन्धक समेत नियुत्त गरिसकेका छन् ।माथिका यी सवै कम्पनीले हकप्रद निष्काशनको लागि नियामन निकाय धितोपत्र बोर्ड (सेवन) मा आवेदन दिएका छन् ।

माथि उल्लेखित कम्पनीको सहकप्रद सेयर सेवनले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले सेयर निष्काशनको मिति तय गर्नेछन् ।

कुनको कति ?

5a0a8619e6007.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको