Like us!
Follow us!
Connect us!
Watch us!

लाईफ इन्स्योरेन्स कपोरेशन (नेपाल) को मुनाफा ३ करोडमाथि

बुधबार, २९ कार्तिक २०७४, ११ : १३ मा प्रकाशित

लाईफ इन्स्योरेन्स कपोरेशन (नेपाल) को मुनाफा ३ करोडमाथि


अर्थ संसार, काठमाडौं–यस आर्थिक वर्ष २०७४\७५ को पहिलो त्रैमासमा लाईफ इन्स्योरेन्स कपोरेशन (नेपाल) लिमिटेड नाफामा ३ करोड ७३ लाख रुपैयाँ कमाएको छ ।

  जुन  अघिल्लो वर्षको सोहि अवधिमा नाफा ८५ लाख रुपैयाँ कमाउन सफल भएको थियो । यसरी हेर्दा गतवर्षको सोहि अवधिको तुलनाभन्दा ३३५ दशमलव ५२ प्रतिशतले वृद्धि गरेको हो ।

 १ अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजी भएको निजि क्षेत्रको जीवन बीमा कम्पनीले जगेडा तथा कोषमा ३० करोेड ५० लाख रुपैयाँ र जीवन बीमाकोषमा ३६ अर्ब ३८ करोड ३९ लाख रुपैयाँ राखेको छ ।

कम्पनीको आम्दानीमा २२१ दशमलव ७३ प्रतिशतले बढेर ७ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने खर्चमा १६४ दशमलव २८ प्रतिशतले बढेर ३ करोड ७६ लाख रुपैयाँ पुगेको ।

कम्पनीले यस अबधीमा बीमा शुल्क ९खुद० २ अर्ब २१ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष १ अर्ब ७७ करोड २८ लाख रुपैयाँ रहेको थियो । त्यस्तै दाबी भुक्तानी ९खुद० ४६ करोड ८५ लाख रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोहि अवधिमा २५ करोड ४१ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ७ सय ४८ गुणा र प्रतिशेयर नेटवर्थ १ सय २९ दशमलव ७१ रुपैयाँ रहेको छ ।

लाईफ इन्स्योरेन्स कपोरेशन कम्पनीको कुल बीमाशुल्क आर्जन रकम २ अर्ब २३ करोड ५५ लाख रुपैयाँ र कुल दाबी भुक्तानी ४९ करोड रुपैयाँ रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको