Like us!
Follow us!
Connect us!
Watch us!

अल्पकालीन लगानीकर्ता बढेपछि फेरी घट्यो सेयर बजार

बुधबार, २९ कार्तिक २०७४, १६ : ३७ मा प्रकाशित

अल्पकालीन लगानीकर्ता बढेपछि फेरी घट्यो सेयर बजार

अर्थ संसार, काठमाडौ– लगानीकर्ताको भीड बजारमा  बढेपछि सेयर बजारमा माग धान्न हम्मे परेपछि बजार सोचेजति उकालो लाग्न सकेन ।

दुई दिन बढेको बजार आज भने पुनः ओरालो लागेको छ । बजार असन्तुलित हुँदा बजारमा सेयर किन्ने र बेच्नेको भीड बढेको छ ।

लगातार १३ दिन ओरालो लागेको बजार सोमबार र मंगलबार बढेको थियो । तर आज त्यही उत्साह भने टिक्क सकेन ।

बजारमा अल्पकालीन रुपमा सेयर बजारमा सक्रिय हुने लगानीकर्ता  हाबी हुदा बजारको यात्रामा पूर्ण विराम लागेको हो । बजार घटदा सेयर उठाएका लगानीकर्ता पछिल्लो तीन दिन सेयर बजारमा  बढेका छन् ।

छोटो समयमा कमाएको नाफा सुरक्षित गर्नेहरु बजारमा सक्रिय हुँदा बुधबार दिनभरको सेयरबजारमा निक्कै उतार चढाब देखिएको विश्लेषकहरुले जानकारी दिउका छन् ।

 दीर्घकालीन रुपमा लगानी गर्ने भन्दा पनि अल्पकालीन लगानी गर्ने लगानीकर्ता बजारमा हावी भएका कारण बजार असन्तुलित भएको हो । आज नेपाल स्टक एक्चेन्जको नेप्से परिसूचक  ११.२३ अंकले घटेर १५०४.७९ अंकमा झरेको छ ।

बुधबारको बजारमा १६० कम्पनी ११ लाख १७ हजार कित्ता सेयर ५९ करोड ७८ लाख बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १६ करोड कम हो ।

यसदिनको कारोबारमा होटल,उत्पादन र अन्य बाहेक सबै समूहका सूचक रातो भएका । आज सबैभन्दा बढी बीमा समूहको सूचक एक सय अंकले झरेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको