Like us!
Follow us!
Connect us!
Watch us!

सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच साझेदारी

अर्थ संसार

शुक्रबार, २७ पुस २०८०, १२ : ०१ मा प्रकाशित

सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच साझेदारी

सहकारी संस्थालाई सफ्टवेयर लगायत डिजिटल सेवा सुविधा प्रदान गर्दै आइरहेको इन्फोडेभलपर्स प्रा. लि. र ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडबीच कोर बैकिङ्ग प्रणाली इन्फिनिटी प्रयोग गर्ने समझदारी भएको छ ।

लगनखेलस्थित संघको कार्यालयमा इन्फोडेभलपर्सका तर्फबाट सेल्स म्यानेजर अनिश कुमार झा र  ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका कोषाध्यक्ष बसन्त मालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनका साथै स्वनियम र सुशासन कायम राख्न सहयोग पुर्याउँदै आएको उत्कृष्ट सफ्टवेयर कम्पनीसँग साझेदार हुन पाएकोमा ललितपुर जिल्ला संघका कोषाध्यक्ष बसन्त मालीले खुसी जनाएका छन् ।

यसैगरी ललितपुर जिल्ला संघका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्काले यस साझेदारीले ललितपुरका सहकारीलाई डिजिटाइज एवं स्वचालित बनाउने बताए । इन्फोडेभलपर्सका सेल्स म्यानेजर अनिश कुमार झाले सहकारी क्षेत्रको स्वामित्व, विकास र उत्कृष्टताका लागि यो साझेदारी कोषेढुङ्गा सावित हुने आशा व्यक्त गरे । साथै आगामी दिनमा अन्य जिल्ला सहकारी संघहरुसँग समेत सहकार्य गर्दै जाने उनले बताए ।

कार्यक्रममा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका व्यवस्थापक सन्तोष बजगाईँ र सहायक व्यवस्थापक भिम खड्का, इन्फोडेभलपर्सका तर्फबाट सेल्स अफिसर श्रीधन डंगोललगायतको उपस्थिति रहेको थियो । सन् २००२ मा स्थापना भएको इन्फोडेभलपर्स प्रा.लिले सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि कोर बैकिङ्ग प्रणाली, मोबाइल बैकिङ्ग  तथा स्वचालित कार्यलय सन्चालन प्रणाली विकास गर्दै आएको फिनटेक कम्पनी हो । 

इन्फिनिटी सहकारीका लागि निर्मित कोर बैंकिङ्ग प्रणाली हो जसले सहकारीहरुलाई प्रविधिमैत्री बनाउन सहयोग गर्छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था, गैरसरकारी संस्था, सहकारी र बैंक तथा बित्तिय संस्थाहरुको लागि विभिन्न परियोजना, प्रडक्ट र सेवा दिने इन्फोडेभलपर्समा ३५० बढी कर्मचारीहरुले रोजगारको अवसर पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको