Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन टाइम्सले पनि आइपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

अर्थ संसार

आइतबार, २९ पुस २०८०, १७ : ३२ मा प्रकाशित

हिमालयन टाइम्सले पनि आइपिओ  जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेड (HTMETL) ले साधारण सेयर - प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने निर्णय गरेको छ। यसका लागि मुक्तिनाथ क्यापिटललाई आइपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउन निष्काशत तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

पुष २४ गते आयोजित एक कार्यक्रममा हिमालयन टाइम्स मिडिया इन्टरटेनमेन्ट एन्ड टेक लिमिटेडका र मुक्तिनाथ क्यापिटलका   प्रमुख कार्यकारी अधिकृतहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए  । सम्झौता अनुसार रु सात करोड बराबरको सात लाख कित्ता साधारण शेयर प्रति रु १००/- अंकित मूल्यका सर्वसाधारणलाई निष्काशन गरिनेछ ।

द हिमालयन टाइम्स ( THT ) सन् २००१ मा स्थापित भई अंग्रेजी भाषामा प्रकाशित गर्दै आएको राष्ट्रिय दैनिक पत्र- -पत्रिकाहरु मध्ये एक हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको