Like us!
Follow us!
Connect us!
Watch us!

आज चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

अर्थ संसार

विहीबार, ०७ साउन २०८३, १० : २० मा प्रकाशित

आज चिया उद्योगीहरूसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज चिया उद्योगीहरूसँग चिया क्षेत्रका विद्यमान समस्या र तिनको दीर्घकालीन समाधानका विषयमा छलफल गर्दैछन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार बिहान सवा ११ बजे सुरु हुने उक्त भेटघाटमा वरिष्ठ चिया उद्यमी एवम् नेपाल अर्ग्यानिक संघका अध्यक्ष दीपक बास्कोटाको नेतृत्वमा उपाध्यक्ष प्रेम लामा, गोर्खा टी इस्टेटका अध्यक्ष उदय चापागाईं, हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनाली र अन्नपूर्ण अर्ग्यानिक एग्रो इन्डस्ट्रिजका अध्यक्ष पर्शुराम आचार्य सहभागी हुनेछन्। छलफलका क्रममा उद्योगीहरूले चिया किसान, प्रशोधन कारखाना र नेपाली चियाको बजार व्यवस्थापनमा देखिएका कठिनाइहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनेछन्।

केही समयअघि भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण इलाम र झापाका दर्जनौँ उद्योग बन्द भई दुई महिनासम्म चिया निर्यात रोकिएकोमा प्रधानमन्त्री बालेनको पहलपछि सुचारु भएको थियो; सोही विषयलाई पुनः दोहोरिन नदिन र अन्य समस्याहरू सल्टाउन उद्योगीहरूले ठोस उपायहरूसहित प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको