Like us!
Follow us!
Connect us!
Watch us!

भयावह बन्दै डिपफेक, प्रमुख वित्तीय अधिकृतको आवरणमा नक्कली भिडियो कन्फरेन्स गरि साढे दुई करोड डलर ठगी

अर्थ संसार

सोमबार, २२ माघ २०८०, १४ : २६ मा प्रकाशित

भयावह बन्दै डिपफेक, प्रमुख वित्तीय अधिकृतको आवरणमा नक्कली भिडियो कन्फरेन्स गरि साढे दुई करोड डलर ठगी

हङकङमा डिपफेकको डरलाग्दो घटना सार्वजनिक भएको छ । डिपफेक प्रविधिको प्रयोग गरि प्रमुख वित्तीय अधिकृतको आवरणमा नक्कली भिडियो कन्फरेन्स नै आयोजना गरि साढे दुई करोड डलर ठगी भएको हो ।

त्यहाँको एक बहुराष्ट्रिय कम्पनीमा प्रमुख वित्तीय अधिकृतसहित अन्य कर्मचारीको समेत डिपफेक बनाएर ठगी गरिएको हो । फर्मका कर्मचारीलाई भिडियो कलमा बोलाएर नक्कली कर्मचारी र सिएफओसहितको भिडियो कन्फरेन्स नै आयोजना गरि साढे दुई करोड अमेरिकी डलर निकासा गर्न कर्मचारीलाई राजी गरिएको थियो । बेलायतमा रहेका प्रमुख वित्तीय अधिकृत बनेर कन्फरेन्स आयोजना भएको हङकङ प्रहरीले जनाएको छ ।

आफूसँगै काम गर्ने सहकर्मीहरुसमेत कन्फरेन्समा सहभागी देखेपछि ती कर्मचारीले २० करोड हङकङ डलर रेमिट गरिदिएका थिए । उक्त घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको जनाइएको छ । पछिल्लो समय डिपफेकसँग सम्बन्धित आपराधिक घटनाहरुमा नाटकीय वृद्धि हुन थालेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको