Like us!
Follow us!
Connect us!
Watch us!

सिइओ मन्दिपको ग्राहक मैत्री निर्णय: ग्लोबल आइएमई क्यापिटलको आज बिहान ८ बजे देखि हरेक दिन प्रभातकालिन काउण्टर खुल्ने

अर्थ संसार

मंगलबार, ०१ फागुन २०८०, ०७ : ०७ मा प्रकाशित

सिइओ मन्दिपको ग्राहक मैत्री निर्णय: ग्लोबल आइएमई क्यापिटलको आज बिहान ८ बजे देखि हरेक दिन प्रभातकालिन काउण्टर खुल्ने

ग्लोबल आइएमई क्यापिटल लिमिटेडले २०८० साल फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ८ बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गर्ने भएको छ। 

आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा क्यापिटलको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन असमर्थ हुने ग्राहकहरुलाई क्यापिटलले यो सुविधालाई ल्याएको हो।  

सार्वजनिक विदा र शनिबार बाहेक ग्राहकले यो सुविधा लिन सक्ने क्यापिटलले भनेको छ।  

बिहानको समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुकोे भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का÷फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी समेत प्राप्त गर्न सकिनेक्यापिटलले भनेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको