सजिलो एब्रोड एकेडेमीले संचालनमा ल्याएको सजिलो भिषामार्फत वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुले विभिन्न छुटहरु हासिल गर्न सक्ने भएका छन्।
सजिलो भिषामार्फत बेलायत जान चाहने नेपाली विद्यार्थीहरुलाई संस्थाले भिषा एक्स्पर्टको रुपमा सहयोग र समन्वय गरिरहेको छ।
नेपाल सरकारबाट मान्यता प्राप्त यूकेको लागी हालसम्म शतप्रतिशत भिषा सक्सेस रेट राख्न सफल भएको सजिलो भिषाले विभिन्न अफरहरु ल्याएको छ।
सजिलो भिषा संचालनमा आएदेखिनै विद्यार्थीहरूको लागि थुप्रै प्रकारका अफरहरू ल्याएको छ र यसमा छुटदेखि निशुल्क तयारी कक्षा अध्ययनसमेतको सुबिधा रहेको छ। जसअन्तरगत IELTS क्लास मात्र रू २४९९ मा संचालन गर्दै आएको छ।
यसका साथै IELTS को तयारी कक्षा बुकिङ् गर्दा रु २००० सम्मको तुरुन्तै क्यास ब्याकको सुविधा रहेको छ।
यस्तैगरी हरेक हप्ता वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुका लागि "फ्रि मक टेस्ट" संचालन भईरहेको छ भने विश्वविद्यालयले लिने अन्तरवार्ताको लागि निशुल्क तयारी कक्षा संचालन गरिएको छ।
सजिलो भिषाबाट अब्रोड स्टडीको लागि एप्लाई गर्दा IELTS तथा PTE को टेस्ट फि शतप्रतिशत (१००%) फिर्ता हुनेछ।
यस सजिलो भिषाले अस्ट्रेलिया, क्यानाडा, यूके, यूएसए मा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुको लागी परामर्श तथा सहजीकरण गर्ने कार्यगरिरहेको छ।
यूकेमा ब्याचलर पढ्न जानेहरुको ग्याप ५ वर्ष, मास्टर्समा अध्ययन गर्न जान चाहेनको ग्याप ७ वर्षसम्मका विद्यार्थीहरुको भिषा ल्याउनका लागि सजिलो भिषाले सहयोग गरिरहेको छ।
यसैगरी, सजिलो भिषाले कुनै प्रकारको अतिरिक्त शुल्क तथा परामर्श शुल्क लिने गरेको छैन।
पछिल्लो समय सही सूचना र जानकारी नै नपाईकन उच्च शिक्षाका लागि विदेश गएर विद्यार्थीहरुले दुख पाइरहेको अवस्थालाई ध्यानमा राखेर सजिलो भिषाले विभिन्न संस्थाहरुसँग सहकार्य गरी सूचना प्रविधि, इलेक्ट्रोनिक्स, होटल म्यानेजमेन्ट लगायतका सिपमुलक विषयहरुका छोटो अवधिका तालिम निशुल्क प्रदान गरीरहेको छ। यस्ता सिपमुलक तालिमहरुले अध्ययनको लागि विदेश जाने विद्यार्थीले सजिलैसँग रोजगारीसमेत पाउनका लागि सहयोग पुग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस