Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन रिको साधारण सभा, लाभांस र हकप्रद अनुमोदन गरिदैं

अर्थ संसार

आइतबार, २० फागुन २०८०, ०७ : ४२ मा प्रकाशित

हिमालयन रिको साधारण सभा, लाभांस र हकप्रद अनुमोदन गरिदैं

हिमालयन रिको तेश्रो साधारण सभा आज बस्दै छ।  सभा राष्ट्रिय सभागृहमा आज बिहान ११ बजे बोलाइएको हो । 

सभाले संचालक समितिले घोषणा गरेको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांशलाइ  अनुमोदन गर्नेछ। जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ।

तेस्तै, सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८(८० प्रतिशत ) अर्थात १० बराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। 

कम्पनीको अधिकृत पूँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्ने कार्यक्रम रहेको छ। वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते बुक क्लोज गरेको थियो।

यस बाहेक संस्थापक तर्फबाट १ जना र सर्वसाधारण सेयरधनी समूहबाट २ जना संचालक चुनिने तय भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको