Like us!
Follow us!
Connect us!
Watch us!

एनडीपीसीको अध्यक्षमा झबिन्द्रलाल उपाध्याय नियुक्त

अर्थ संसार

सोमबार, ०५ चैत्र २०८०, ०८ : ०१ मा प्रकाशित

एनडीपीसीको अध्यक्षमा झबिन्द्रलाल उपाध्याय नियुक्त

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी) को अध्यक्षमा झबिन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । फागुन २४ गते बसेको ६३औं बोर्ड बैठकले उपाध्यायलाई एनडीपीसीको अध्यक्षमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्षले गत फागुन ३० गते नै पद तथा गोपनियताको शपथ ग्रहण गरिसकेका छन् । उनले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टबाट शपथ ग्रहण गरेका हुन् ।

शपथ लिँदै अध्यक्ष उपाध्यायले वित्तीय समावेशीकरण र आर्थिक सशक्तिकरणमा नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको पहलहरूले आफू उत्साहित भएको बताए ।

‘नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड सिमलेस एकीकरण, उच्च स्तरको सुरक्षा, र यूएसएसडी (अफलाइन) मोड जस्ता सुविधाहरूद्वारा सुविधाजनक, सुरक्षित र पहुँचयोग्य भुक्तानी प्रणाली सुनिश्चित गर्दै मानिसहरूले रकम पठाउने र प्राप्त गर्ने तरिकामा क्रान्ति ल्याउने लक्ष्य राखेको छ। हाम्रो समर्पित टोली र रणनीतिक साझेदारहरूसँग मिलेर हामी सबै नेपाली नागरिकहरूका लागि सहज र सुरक्षित भुक्तानी इकोसिस्टम सिर्जना गरि नयाँ प्रविधिको प्रयोगद्वारा वित्तीय समावेशीकरण र आर्थिक विकासलाई अभिवृद्धि गर्न निरन्तर प्रयास गर्नेछौं ।’ उनले भने ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले नेपाल डिजिटल पेमेन्ट्स कम्पनीद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्न यस वालेट सेवाको उद्देश्य रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको