Like us!
Follow us!
Connect us!
Watch us!

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

मंगलबार, १३ चैत्र २०८०, ११ : ०४ मा प्रकाशित

युनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

युनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।  

कम्पनीले संस्थापक शेयरधनी सन्दीप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुली चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको मूल्य प्रतिकित्ता २७० रुपियाँ तोकिएको छ । त्यस्तै, न्यूनतम पाँच हजार कित्ताका लागि आवेदन दिनुपर्ने छ । 

सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय सीटीसी मल सुन्धारा काठमाडौंमा खरिद गर्न चाहेको कित्ता संख्या खुलाई आवेदन दिनुपर्नेछ ।  

तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेमा सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको