Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

शुक्रबार, ०८ मंसिर २०७४, १४ : १५ मा प्रकाशित

नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुनको कति ?

अर्थ संसार, काठमाडौं– विभिन्न कम्पनीको बोनस र हकप्रद सेयर पछि हिजाआज धमाधम नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा  सूचिकृत हुने क्रम जारी छ ।

आज नेपसेमा ४ कम्पनीको सेयर सूचिृक भएको छ।  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, लक्ष्मी बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र  ज्योति विकास बैंकको सेयर सूचिकृत भएको छ ।

  सवै भन्दा लक्ष्मी बैक र सवै भन्दा कम  वेष्टर्न डेभलपमेन्ट बैंकको सेयर सूचृक भएको छ ।

कुनको कति ?

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा  अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । नेप्से अनुसार ८ लाख ४८ हजार १ सय ९३ कित्ता सेयर सूचिकृत भएको हो ।

लक्ष्मी बैंक

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा  आज लक्ष्मी बैंकको बोनस सेयर सूचिकृत भएको छ । नेप्से अनुसार १ करोड १७ लाख ६३ हजार ६ सय ५२ कित्ता सेयर सूचिकृत भएको हो ।  

वेष्टर्न डेभलपमेन्ट बैंक

वेष्टर्न डेभलपमेन्ट बैंकको बोनस सेयर  नेप्सेमा सूचिकृत भएको छ । बैंकको ३ लाख १३ हजार ९ सय २० कित्ता बोनस सेयर आज सूचिकृत भएको हो ।

ज्योति विकास बैंक

आज धितोपत्र बजारमा ज्योति विकास बैंकको सेयर नेप्सेमा सूचिकृत भएको छ ।बैंकको राप्ती भेरी विकास बैंकसँगको एक्वीजिसनपछिको सेयर सूचिकृत भएको हो । बैंकको १५ लाख ७० हजार ६ सय ३७ दशमलव १ कित्ता सेयर  सूचिकृत भएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश नं. २ यसरी हुन सक्छ विद्युतमा धनी 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको