Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव लगत्तै विपिसिको एफपिओ आउने, रु ५०१ प्रिमियम मूल्य तोकियो

शुक्रबार, ०८ मंसिर २०७४, १६ : ३५ मा प्रकाशित

चुनाव लगत्तै विपिसिको एफपिओ आउने, रु ५०१ प्रिमियम मूल्य तोकियो

अर्थ संसार,काठमाडौं - सरकारी लगानी समेत रहेको बुटबल पावर कम्पनी लिमिटेडले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन लगत्तै थप निस्काशन(एफपिओ) जारी  गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता ५०१ प्रिमियम मूल्यमा ४० लाख ८१ हजार कित्ता एफपीओ ल्याउन लागेको जनाएको छ ।

यसअघि बीपीसीले धितोपत्र बोर्डमा प्रतिकित्ता ५१८ रुपैयाँमा एफपीओ निष्कासन गर्ने प्रस्ताव गरेको थियो ।

बोर्डको राय सुझाव तथा सल्लाहका आधारमा उक्त प्रस्ताव परिमार्जन गरी  रु  ५०१ कायम गरिएको हो ।

बोर्डले स्वीकृति दिने काम अन्तिम चरणमा पुगेको र चुनाव सम्पन्न भए लगत्तै  एफपीओ निष्कासन हुने जनाइएको छ ।

कम्पनीले रु  २ अर्ब ४ करोड ४५ लाख बराबरको एफपीओ ल्याउने तयारी गरेको हो ।

कम्पनीले सेयर निश्कासनका लागि लक्ष्मी क्यापिटल र एनएमबी क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।

गत आर्थिक वर्ष ०७३÷०७४ मा बीपीसीले रु ६५ करोड नाफा गरेको छ । चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा रु  ७ करोड २२ लाख पुगेको छ ।

कम्पनीले  ४ मेगावाटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्ने जनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रदेश नं. २ यसरी हुन सक्छ विद्युतमा धनी 

नेप्सेमा चार कम्पनीको सेयर सूचिकृत, कुनको कति ? 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको