Like us!
Follow us!
Connect us!
Watch us!

स्टकको सूचक होइन, कम्पनीको अवस्था हेरेर सेयर किन्नुस, भइन्छ सफल

शनिबार, ०९ मंसिर २०७४, ०५ : २० मा प्रकाशित

स्टकको सूचक होइन, कम्पनीको अवस्था हेरेर सेयर किन्नुस, भइन्छ सफल

अर्थ संसार, काठमाडौँ– आम मानिस नेपाल स्टक एक्चेन्जकको सूचक हेरेर सेयर खरिद गर्ने गरेको पाइएको छ । स्टकको सूचक हेरेर सेयर खरिद गर्दा नै हुन्छ भन्ने मान्यताले काम गरेको पाइन्छ ।

आम नागरिक स्टकको सूचकलाई हेरेर लगानी गर्ने मनस्थिती बनाएका छन् । नेप्सेको सूचक र उपसूचक हेरेर सेयर खरिद गर्ने तपाईको सोच छ भने त्यो गलत हुन जान्छ । किनकी स्टकको सूचक सतही सूचक हो ।

त्यसले बजारको मात्रै जानकारी दिन्छ । बजारको जानकारी दिने सूचकलाई मात्रै तपाईले मूल आधार मानेर सेयर बजारमा प्रवेश गर्नुभयो भने तपाई शतप्रतिशत असफल हुने अवस्था आउँछ ।

सेयर खरिद गर्ने विषयलाई तपाईले आनो सोच बनाउनु भएको छ भने कुन  कम्पनीको सेयर खरिद गर्न लागिएको हो त्यसको आधारभुत अबस्था, त्यसले गरेको प्रगति, पूँजीको आधार, जगेडा कोष, खुद नाफाको बारेमा जानकारी लिनु पर्दछ ।

यस्तै कम्पनीको  निस्क्रिय कर्जा र जोखिमका पाटो, सेयर मूल्य, मूल्य आम्दानी अनुपात, संस्थागत सुशासन, संचालकहरुको अबस्था र पृष्ठभुमिलगायतका विषयमा जानकारी लिनु जरुरी छ ।

कम्पनीको आम अवस्था र स्वरुपको बारेमा जानकारी लिएर तपाई सेयर बजारमा प्रवेश गर्नुभयो भने तपाई सफल हुनसक्नुहुन्छ ।

बजारको सतही अवस्थालाई हेरेर मात्रै तपाई बजारमा प्रवेश गर्नुभयो भने सफलता होइन, असफलता हात लाग्नेछ । सेयर बजारमा लगानी गर्नु अगाडि कम्पनीको आर्थिक अवस्था, नाफा तथा कम्पनीको सुशासनको अवस्थाका बारेमा जानकारी लिनु जरुरी छ ।

नेप्से कहाँ पुग्यो, आज कतिको कारोबार भयो, लौ बर्बाद भयो, खत्तम भयो ? भनेर चिन्तित हुनु जरुरी छैन । तपाई धैर्यबान हुनु जरुरी छ । तपाई धैर्य हुनु भयो भने तपाईले एकदिन जसरी भएपनि सफल हुनु जरुरी छ ।
तपाईले पहिलो पटक सस्तो मूल्यमा सेयर खरिद गर्नुस, सस्तो मूल्यको सेयरले तपाईलाई आगतमा राम्रो प्रतिफल हुनु जरुरी छ ।

सेयर बजारमा दीर्घकालीन लगानी गर्नेले अवश्य लाभ पाउँने अवस्था रहन्छ । नेपालको सेयर बजार धेरै राम्रो हुने संभावना देखिएको छ । किनकी राजनीतिक स्थायित्वसहितको स्थिर सरकार बन्दै गएको अवस्थामा कम्पनीको अवस्था हेरेर लगानी गर्नुस । तपाई आत्तिनु जरुरी छैन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको