अर्थ संसार, काठमाडौं– सेयर बजारमा ८ वटा जलविद्युत कम्पनीको सधारण सेयर (आईपिओ) आउने भएको छ ।
युनियन हाइड्रोपावर लिमिटेड, सान्जेन जलविद्युत लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, राधी विद्युत कमपनी लिमिटेड, घलेम्दी हाइड्रोपावर लिमिटेड, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र माउण्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आइपिओ) आउने भएको हो ।
माथिका यी सवै कम्पनीले सधारण सेयर निष्काशनको लागि नियामन निकाय धितोपत्र बोर्ड (सेवन) मा आवेदन दिएका छन् ।
कुनको कति कित्ता सेयर ?
युनियन हाइड्रोपावर लिमिटेड
युनियन हाइड्रोपावर लिमिटेडले सर्वसाधारण सेयर (आईपिओ) निष्काशनको लागि साउन २९ गते धितोपत्र बार्डमा आवेदन दिएको छ । लिमिटेडले ६ लाख ३३ हजार ७ सय ४५ कित्ता सधारण सेयर निष्काशनको लागि आवेदन दिएको हो ।
सेयर विक्रीको लागि यस लिमिटेडले लक्ष्मी क्यापिटल मार्केटलाई विक्री तथा प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र बोर्डले स्वीकृति पाएसँगै लिमिटेडको साधारणसभाले आईपिओ निष्काशनको मिति तय गर्ने छ ।
सान्जेन जलविद्युत कम्पनी
सान्जेन जलविद्युत कम्पनीको ८७ लाख ६० हजार कित्ता साधारण सेयर (आइपिओे०) आउने भएको छ ।
कम्पनीले साधारण सेयर निष्काशनको लागि नागरिक लगानी कोषलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । साधारण सेयर निष्काशनको लागि कम्पनीले बैंशाख १२ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड
यस कम्पनी लिमिटेडले १ करोड ६४ लाख २१ हजार ४० कित्ता सर्वसाधारण सेयर (आईपिओ)निष्काशन गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि बैशाख १३ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
निष्काशन सेयर विक्रीको लागि सिद्धार्थ क्यापिटल, एनआइविएल क्यापिटल, मार्केट, ग्लोबल आइएमई, क्यापिटल र एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडलाई विक्री तथा प्रबन्धकमा नियुक्ति गरेको छ ।
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड
पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले स्थानीयवासीको लागि ११ लाख कित्ता सर्वसधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।
यस लिमिटेडले वैशाख २६ गते धितोपत्र बोर्डमा सेयर निष्काशनको लागि आवेदन दिएको छ । सेयर निष्काशनको लागि पञ्चकन्याले नबिल इन्भेष्टमेन्ट बैकिङ र एनसिएम मर्चेन्ट बैकिङलाई विक्री प्रबन्धकमा जिम्मेवारी दिएको छ ।
राधी विद्युत कम्पनी लिमिटेड
यस लिमिटेडले ७ लाख ६४ हजार ५ सय ५० कित्ता सर्वसाधारण सेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
बैशाख वैशाख २९ गते धितोपत्र बोर्डमा आवेदन दिएको यस कम्पनीले सेयर निष्काशन बिक्री प्रबन्धकमा नबिल इन्भेटमेन्ट बैकिङलाई नियुक्त गरेको छ ।
घलेम्दी हाइड्रो लिमिटेड
यस हाइड्रो लिमिटेडले स्थानीयवासीको लागि ५ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको लागि लिमिटडेले यही आर्थिक वर्षको असोज २५ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्काशन विक्री प्रबन्धकमा भिबोर क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
माउन्टेन हाइड्रो नेपाल लिमिटेड
स्थानीयवासीको लागि १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले चालु आर्थिक वर्षको असोज महिनको २५ गते सेबोनमा आवेदन दिएको । सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड
यस कम्पनीले ७ लाख ३६ हजार २ सय ८३ कित्ता साधारणसेयर निष्काशन गर्नेको लागि यही चालु आर्थिक वर्षको असोज २० गते सेवनमा निवेदन दिएको छ । यसका लागि कम्पनीले सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।
माथि उल्लेखित कम्पनीको सधारण सेयर (आइपिओ) नियामन निकाय धितोपत्र बोर्ड (सेवन) ले अनुमति दिएपछि र कम्पनीको साधारण सभाले सेयर निष्काशनको मिति तय गर्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस