Like us!
Follow us!
Connect us!
Watch us!

मृतकको परिवारलाई १० लाख राहत

मंगलबार, १२ मंसिर २०७४, १३ : ०९ मा प्रकाशित

मृतकको परिवारलाई १० लाख राहत

अर्थ संसार, अछाम–चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई जिल्ला वन कार्यालयले रु १० लाख राहत प्रदान गरेको छ ।

चितुवाको आक्रमणबाट मृत्यु भएका मेल्लेख गाउँपालिका– ८ का १५ वर्षीय पवन भुलको परिवारलाई सो रकम प्रदान गरिएको हो ।

राति घरमा सुतिरहेको अवस्थामा भुललाई चितुवाले आक्रमण गरेको थियो । उनको मृत्यु भएपछि जिल्ला वन कार्यालयले सुदूरपश्चिमाञ्चल क्षेत्रीय वन निर्देशनालय धनगढी कैलालीमा राहतका लागि सिफारिस गरेको थियो ।

उक्त सिफारिसअनुसार क्षेत्रीय वन निर्देशनालयले जिल्ला वन कार्यालयलाई सो राहत रकम उपलब्ध गराउन निर्देशन दिएको थियो ।

मृतक पवनका बुबा गोपाल भुललाई राहत रकम हस्तान्तरण गरिएको जिल्ला वन अधिकृत सुरेन्द्रकुमार श्रेष्ठले बताउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको