Like us!
Follow us!
Connect us!
Watch us!

किसान माइक्रोफाइनान्सको सेयर लिलामी बिक्री खुला, यहाँबाट आवेदन दिनुहोस्

बुधबार, १३ मंसिर २०७४, १२ : २१ मा प्रकाशित

किसान माइक्रोफाइनान्सको सेयर लिलामी बिक्री खुला, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसार, काठमाडौं -  आजदेखि किसान माइक्रोफाइनान्सका सर्वसाधारण समूहको १ हजार ३५१ कित्ता सेयर लिलामीमा बिक्री खुला भएको छ ।

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र फारम भर्नुपर्नेछ । यस लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद मंसिर १९ गते तोकिएको छ ।

यसअघि किसानले असोज ४ देखि कात्तिक ७ गतेसम्म ७८ हजार कित्ता (२४.२२५) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस बेला आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर अहिले लिलामीमा ल्याएको हो ।

यहाँबाट आवेदन दिनुहोस्

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड सुन्धारमा काठमाडौं तथा किसानको सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, यस लिलामीमा सिभिल बैंकको विराटनगर, वीरगंज, नारायणगढ, पोखरा, बुटवल र नेपालगंज शाखाबाट पनि आवेदन दिन सकिनेछ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट अनुसार किसानको चुक्ता पुँजी ३ करोड २२ लाख रुपैयाँ छ । लिलामी सेयरपछि भने चुक्ता पुँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको