Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार लयमा फर्कियो, बजार घटाउन उद्यत् शक्ति निस्क्रिय

बुधबार, १३ मंसिर २०७४, १६ : २१ मा प्रकाशित

सेयर बजार लयमा फर्कियो, बजार घटाउन उद्यत् शक्ति निस्क्रिय

अर्थ संसार, काठमाडौँ– राजनीतिक अस्थिरता र वाम गठबन्धनको सरकार आउने भन्दै गलत हल्ला चलाएर घटाइएको सेयर बजार पुन लयमा फर्किएको छ ।

सेयर बजारलार्य विकृत बनाउन तल्लिन केही स्वार्थी समूहको कोपभाजनमा पारेर बजार घटाउन खोजिएको थियो । तर आज बजार पुन लयमा फर्किएर स्वार्थी समूहलाई नराम्ररी झापड लगाइदिएको छ ।

शेयर बजार आज  १२ अंकले उकालो लागेको छ । कुल एक हजार ५२४ अंकबाट कारोबार सुरु भएको बजार अन्तिमममा एक हजार ५२७ बिन्दुमा पुगेर अडिएको छ ।

नेपाल स्टक एक्चेन्जकाअनुसार आज रु  एक अर्ब बढिको शेयर कारोबार भएको छ। कुल  १६३ कम्पनीका २० लाख कित्ता शेयर रु एक अर्ब चार करोड खरिद बिक्रि भएको छ ।  सबैभन्दा बढी बुटवल पावर कम्पनीको रु ६ करोड ९९ लाख बराबरको कारोबार भएको छ।

उत्पादनमूलक बाहेक सबै उपसुचक बढेका छन्। उत्पदनमूलक सूचक १.३ प्रतिशतले घटेको छ। बैंक ०.६६, ट्रेडिङ १.४, होटेल २.४५, विकास बैंक ०.७५, जलबिद्युत ०.४७,फाइनान्स ०.७४, बीमा १.२५, अन्य ०.३६ र लघुवित्त २.२९ प्रतिशतले बढेको स्टकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको