Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, १५ : ३८ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा तेस्रो सांग्रिला साइकल र्यालीको लागि रजिष्ट्रेशन खुल्ला

विश्व वातावरण दिवसका अवसरमा जेठ १९ शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बैंक लि. ले इन्धन बचाऔं, वातावरण जोगाऔं, भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी तथा अन्य संध संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली आयोजना गर्न भएको छ ।

सो साइकल र्यालीमा सहभागी हुन चाहने इच्छुकहरुले जेठ १६ गते सम्म लिंक https://www.shangrilabank.com/cyclerally/ मा निशुल्क दर्ता गरी आफ्नो सहभागिताको सुनिश्चितता गर्ने सकिन्छ । उक्त साइकल र्याली २०८१ जेठ १९ गते बिहान ७ः०० बजे देखी सानोगौचरन मैदानबाट सुरु हुँदै नागपोखरी, नारायणहिटि, दरबार मार्ग, भद्रकाली मन्दिर, सहिद गेट, त्रिपुरेश्वर रङ्गशाला, थापाथली, माइतीघर, बिजुली बजार, नयाँ बानेश्वर पानी ट्याङकी, पुरानो बानेश्वर, गौशाला, रातोपुल, जर्मन एम्बेसीबाट, सानोगौचरन मैदानमा पुगी समापन गरिने जनाइएको छ ।

यस साइकल र्यालीमा सांग्रिला डेभलपमेन्ट बैंक लि ले वातावरण संरक्षण प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो बैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । वातावरणलाई सफा स्वच्छ राख्ने उद्देश्यका साथ Save Fuel, Save Environment  भन्ने नारा लिएर अगाडि बढेको यस किसिमका कार्यक्रमहरुलाई बैंकले निरन्तरता दिदैं आइरहेको छ ।

र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ । यसैगरि, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ । यस साइकल र्‍यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको