Like us!
Follow us!
Connect us!
Watch us!

"ब्रोइलर कुखुराको रोग मानिसमा सर्ने" भन्दै भाइरल समाचार भ्रामक - भेटेरिनरी एसोसिएसन

अर्थ संसार

आइतबार, ०६ जेठ २०८१, १८ : ४७ मा प्रकाशित

"ब्रोइलर कुखुराको रोग मानिसमा सर्ने" भन्दै भाइरल समाचार भ्रामक - भेटेरिनरी एसोसिएसन

नेपाल भेटेरिनरी एसोसिएसनले ब्रोइलर कुखुराको रोग मानिसमा सर्ने भन्दै पछिल्लो समय भाइरल बनेको समाचार भ्रामक र वैज्ञानिक तथ्य विहीन रहेको जनाएको छ ।

जेठ ५ गते एक विज्ञप्ति जारी गर्दै एसोसिएसनले केही व्यक्तिले वैज्ञानिक तथ्यविहीन भ्रामक फोटोहरु सामाजिक सञ्जालमा पोस्ट गरी जनमानसमा त्रास सिर्जना गर्न खोजेको दुष्भावप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । ब्रोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिएजस्तो कुनै पनि रोग मानिसमा नसर्ने र त्यस्ता हल्लाको पछि नलाग्न पनि एसोसिएसनले अनुरोध गरेको छ ।

भ्रामक अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सेयर गर्न तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई कडा कारवाही गर्न पनि एसोसिएसनले माग गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको