Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १७ : ०० मा प्रकाशित

समृद्धि फाइनान्सको नयाँ ब्याजदर सार्वजनिक

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार १ गते देखि लागू हुने गरी ब्याजदर सार्वजनिक गरेको छ । फाइनान्सले असार महिनाका लागि  निक्षेपमा ५.२५ देखि ६.२५ , रेमिट्यान्स  बचत खातामा  ७.२५ प्रतिशत , व्यक्तिगत मुद्दती निक्षेप तर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७.२५ प्रतिशत ब्याजदर तोकेको छ । 

फाइनान्सले व्यक्तिगततर्फ ३ देखि ६ महिना अवधिका लागि ७.२५ प्रतिशत, ६ महिना देखि ९ महिना अवधिका लागि ७.५० प्रतिशत,९ महिना देखि १ वर्ष अवधिका लागि ७.७५ प्रतिशत, १ वर्ष देखि २ वर्ष अवधिका लागि ८ प्रतिशत र २ वर्ष देखि माथिका लागि ८.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

त्यस्तै संस्थागततर्फ ६ महिना देखि ९ महिना अवधिका लागि ६.५० प्रतिशत, ९ महिना देखि १ वर्ष अवधिका लागि ६.७५ प्रतिशत १ वर्ष देखि २ वर्ष अवधिका लागि ७ प्रतिशत, र २ वर्ष देखि माथिको अवधिका लागि ७.२५ प्रतिशत ब्याजदर तोकेको छ

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरू मार्फत नगद कारोबार, आर टि जि एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ्ग, डेबीट कार्ड, क्युआर कोड आदि डिजिटल सुविधाहरू निःशुल्क प्रदान गरिरहेको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको