Like us!
Follow us!
Connect us!
Watch us!

पुँजी बजारलाई जुवाघर बनाउन सन्तोषलाई अध्यक्ष बनाउँदै केपी र भट्ट, डिल मिलेपछि प्रचण्ड र पुन सहमत

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १२ : ५१ मा प्रकाशित

पुँजी बजारलाई जुवाघर बनाउन सन्तोषलाई अध्यक्ष बनाउँदै केपी र भट्ट, डिल मिलेपछि प्रचण्ड र पुन सहमत

सिमित व्यक्तिको स्वार्थका कारण जुवाघर बन्दै गएको नेपाली पुँजी बजारलाई थप धराशायी बनाउन सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र विचौलिया दीपक भट्ट पुनः सफल हुने भएका छन् । आफ्नो स्वार्थ अनुकुल काम गराउन दीपक भट्टले आफ्ना कर्मचारी सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउन ओलीमार्फत प्रधानमन्त्री पुष्प कमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई दबाब दिँदै आएका थिए । 

तर, भट्टका कर्मचारी सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष बनाउँदा बोर्डबाट हुने कमाईमा विचौलिया दीपक भट्ट र एमाले अध्यक्ष ओलीले मात्रै चाख मार्ने बुझेपछि प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनले श्रेष्ठलाई नियुक्ति नगर्ने भन्दै अडान लिँदै आएका थिए । 

तर भट्टले सन्तोष नारायण श्रेष्ठलाई नियुक्ति गर्नका लागि प्रचण्डका छोरी ज्वाई मार्फत प्रधानमन्त्री देखि अर्थमन्त्री वर्षमान पुनसम्मलाई मिलाएको र आगामी दिनमा हुने नयाँ स्टक लाईसेन्स देखि आईपीओ जारी गर्दा समेत भाग लगाउने सहमति गरेपछि अहिले प्रधानमन्त्री दाहालदेखि अर्थमन्त्री पुन समेत उनै श्रेष्ठलाई अध्यक्ष बनाउन सहमत भएका हुन । 

केही समय अघिसम्म अर्थमन्त्री पुनले भट्ट र ओलीले अघि सारेका व्यक्तिलाई कुनै हालतमा अध्यक्ष बनाउने भन्दै बसेका थिए । सोही अनुरुप उनले असार ७ गते बजेट पास गरेर मात्रै आफ्नो स्वार्थ अनुकुलका व्यक्तिलाइ बोर्ड अध्यक्ष बनाउने तयारी गरेका थिए । तर, मंगलबार भएको गोप्य वार्तामा नयाँ स्टकको लाईसेन्स लिने प्रतिवद्धता सहित सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्दा विचौलिया भट्टले प्रधानमन्त्री देखि अर्थमन्त्री पुनलाई समेतलाई समेत कुरा मिलाउन सफल भएपछि अर्थमन्त्री पुनले नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । 

‘विचौलिया भट्ट, एमाले अध्यक्ष ओली, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पुनबीच केहि सहमति भएपछि तत्कालै अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढेको छ,’ उक्त स्रोतले भन्यौ, ‘सोही अनुरुप यसअघि अन्तिम ५ जनामा छनोट भएका उम्मेदवारलाई आगामी आईतबार र सोमबारलाई लागि अन्तरवार्तामा बोलाईएको छ सम्भवत सोमबार बस्ने मन्त्रिपरिषदबाटै सन्तोष नारायण श्रेष्ठलाई अध्यक्षमा नियुक्त गर्नेछन् ।’

नयाँ स्टक लाईसेन्स लिनका लागि यसअघि विचौलिया भट्टले रमेश हमाललाई बाहिरबाट ल्याएर नियुक्त गरेका थिए । तर, हमालले विवादका कारण आफ्नो कार्यकालमा भट्ट समर्थित ग्रुपलाई स्टक लाईसेन्स दिन सकेनन् भने अन्नत सेयर बजरलाई जुवा घरमा परिणत गरिदिए । हमाललाई नियुक्त गरेर भट्टले सेबोनबाट आफ्ना स्वार्थ अनुरुपमा धेरै कामहरु गराउन सफल भए भने नियमनै परिमार्जन गरी नागरिक मिडियाको आईपीओदेखि हिमालयन रिको प्रिमियम मूल्यमा आईपीओ ल्याउन सफल भए । सोही अनुरुप अहिले पनि भट्टले आफ्ना कर्मचारी श्रेष्ठलाई नियुक्त गरेर सेबोनलाई आफ्नो कब्जामा राख्नका लागि अहिले नै अर्बौं रुपैयाँ खर्च समेत तयार देखिन्छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको