Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको लाभांश प्रस्ताव घोषणा, बोनस सेयर कति ?

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १३ : ४५ मा प्रकाशित

नागरिक लगानी कोषको लाभांश प्रस्ताव घोषणा, बोनस सेयर कति ?

नागरिक लगानी कोषले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई १४.७३६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

कोष सञ्चालक समितिको २०८१ जेठ ३२ गते शुक्रबार बिहान ८ बजे बसेको ३०८५ बैठकले गत आर्थिक वर्षको आम्दानी बाँडफाँड हिसाब विवरणबाट कोषका सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात् लगानीकर्तामा वितरण  हुनेछ  । 

हाल कोषको चुक्ता पुँजी ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ रहेको छ । यसअनुसार कोषले ७४ करोड ३९ हजार २५ हजार रुपैयाँ बोनस र कर प्रयोजनका लागि ३ करोड ९१ लाख ५१ हजार ७१० रुपैयाँ नगद लाभांश सहित कुल ७८ करोड ३० लाख ७६ हजार ७१० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । आव २०७९/८० को अपरिष्कृत वित्तीय विवरण अनुसार कोषले ९० करोड ७८ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको