Like us!
Follow us!
Connect us!
Watch us!

असार महिनालाई ११ बैंकले घटाए ब्याजदर, ३ बैंकले भने बढाए ब्याज

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, ०९ : २७ मा प्रकाशित

असार महिनालाई ११ बैंकले घटाए ब्याजदर, ३ बैंकले भने बढाए ब्याज

वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरुले सार्वजनिक गरेको सुचना अनुसार अधिकांश बैंकहरुले जेठ महिनाको तुलनामा ब्याजदर घटाएका छन्। 

११ बैंकले घटाए ब्याजदर 

असार महिनाका लागि १९ वाणिज्य बैंकहरुमध्ये ११ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरु मध्य सबैभन्दा धेरै ब्याजदर घटाउने बैंक ग्लोबल आइएमई बैंक बनेको छ। यस बैंकले  १ प्रतिशतविन्दु ब्याजदर घटाएको छ।
जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ७.५ प्रतिशत दिएको यस बैंकले असार महिनालाई ६.५ प्रतिशत
ब्याजदर तोकेको छ। तेस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि १ प्रतिशतविन्दु घटेर ५.५ प्रतिशतमा बैंकले घटाएको छ।

तेस्तै, एभेरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबिआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम कमर्शियल बैंक,कुमारी बैंक, सानिमा बैंक, सिटिजन्स बैंक,एनआईसी एसिया बैंक र एनएमबि बैंकले ब्याजदर घटाएका छन्। 

३ बैंकको बढ्यो 

३ बैंकहरुले भने जेठको तुलनामा असारलाई ब्याजदर बढाएका छन्। नबिल बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकले भने असारलाई ब्याज बढाएका हुन्। बढाउनेमा हिमालयन बैंकले सर्वाधिक ०.७५ प्रतिशतविन्दु ब्याजदर बढाएको छ। यस  बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम मा ८.२५ प्रतिशतका दरले ब्याज असारलाई दिने भएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको