Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा ५ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, १६ : ०४ मा प्रकाशित

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तीमा ५ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रियामा पाँच अर्बको भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएको छ।

भ्रष्टाचार बिरोधी र सुशासनका पक्षमा उभिएको एक नेपाली नागरिकको नामबाट जेठ ३२ गते शुक्रबार उजुरी गरिएको हो। उजुरीमा ६३ लाख लगानीकर्ताको साढे ३३ खर्ब रुपैयाँ सम्पतिको सुरक्षाका लागि अख्तियारले तत्कालै अग्रसरता लिएर बोर्ड अध्यक्ष नियुक्तीको सम्पूर्ण प्रक्रियाहरु रोकि अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ । 

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ती र त्यसपछि वितरण गर्ने भनिएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा केहि गम्भिर घट्नाक्रमहरु देखा परेको उनको दाबी छ ।

नेपाल सरकारले बोर्डमा अध्यक्ष नियुक्तीका लागि गठन गरेको छनौट समितिमा योग्यता नपुगेका व्यक्तिलाई व्यवसायीक स्वार्थसहित समावेश गरिएको उनको भनाई छ । विज्ञ सदस्यका रुपमा बोर्ड अध्यक्ष नियुक्ती सम्बन्धी छनौट समितिमा रहेका उदय निरौलाको विज्ञता र क्षमतामै गम्भिर प्रश्न छन्। उनी सामान्य सेयर कारोबारी मात्रै हुन् र उनको प्रत्यक्ष सम्बन्ध हिमालयन स्टक एक्सचेन्जका लागि आवेदन दिएको समुहसँग रहेको देखिन्छ । उनको क्षमता र योग्यता माथि नै गम्भिर प्रश्न चिन्ह देखिन्छ आयोगमा दर्ता उजुरीमा उल्लेख छ ।

त्यति मात्रै नभएर बोर्ड अध्यक्ष नियुक्ती र नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरणमा पाँच अर्ब रुपैयाँको भ्रष्टाचार हुने लागेको छ । नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स लिने समुहरुले प्रति कित्ता पाँच सय रुपैयाँसम्ममा सेयरका लागि रकम असुली गरिरहेको उनको दाबी छ ।

अहिले अध्यक्ष बन्ने दौडमा रहेका अधिकांश प्रतिष्पर्धीहरु विवादास्पद पात्र हुन् । बोर्ड अध्यक्षका लागि सबै भन्दा धेरै मेहनत गरिरहेका सन्तोष नारायण श्रेष्ठ आफै हिमालयन स्टक एक्सचेञ्जको मुख्य लगानीकर्ता रहेका दिपक भट्टको व्यवसायीक साँझेदार हुन्। श्रेष्ठको लगानी रहेको कम्पनीमाथि नेपाल आयल निगमले इन्धन चोरीको आरोपमा कारवाही समेत गरेको रेकर्ड नेपाल आयल निगमबाट प्राप्त गर्न सकिने दाबी छ ।
जलविद्युत क्षेत्रमा लगानी गरिरहेका श्रेष्ठको व्यवसायीक पृष्ठभूमि, विवादास्पद व्यक्तिहरुसँगको सहकार्य, उनको शैक्षिक योग्यता र बोर्ड अध्यक्ष बन्न आवश्यक पर्ने अनुभवकै पनि अभाव रहेको उनको भनाई छ ।

प्रधानमन्त्रीको आफन्तका रुपमा चिनाउँदै डा. नवराज अधिकारीले अध्यक्ष बन्न बार्गेनिङ गरिरहेको आरोप छ। अर्का प्रतिष्पधी मुक्तिनाथ श्रेष्ठमाथि तत्कालिन अध्यक्ष रमेश हमालसँग मिलेर प्रिमियमका आईपीओहरुमा अनियमितता गरेको आरोप छ ।

तत्कालिन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई आफैँ लाइसेन्स वितरणको मामिलामा माहिर मानिन्छन् । उनले तत्कालिन बीमा समितिमा अध्यक्ष रहँदा जीवन र निर्जीवन गरि झण्डै एक दर्जन कम्पनीलाई लाइसेन्स बाँडेका थिए। उनी कोरोना बीमा पोलिसी अघि सारेर बीमा बजार बिगार्ने व्यक्तिमा पर्छन् ।

कृष्ण काकीको नेतृत्व क्षमतामै प्रश्न छ, हाल नेपाल स्टक एक्सचेञ्जको सीईओ रहेका उनले त्यहाँ कुनै सुधारको प्रयास गरेका छैनन् । अर्थमन्त्रालयले पाँच जनाको नाम चैत २५ गते नै सर्ट लिस्टिङ गरेको भएपनि कमिसनको बार्गेनिङ नमिल्दा अहिलेसम्म रोकिएको थियो।

अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई सम्बोधन गरि दर्ता भएको उजुरीमा धमाधम ठूला माछाहरु विरुद्ध मुद्धा दायर भैरहेको सन्दर्भमा अर्को एउटा भयानक भ्रष्टाचार काण्डबारे जानकारी गराइएको हो।

नेपाल धितोपत्र बोर्डमा पछिल्ला केहि समयदेखि भ्रष्टाचार र अनियमितताका ठूला श्रृंखलाहरु जारी रहेका सूचनाहरु छरपष्ट आईरहेकै र अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै छानविन अघि बढिरहेको समाचारहरु प्रकाशन भैरहेको पनि उनले उल्लेख गरेका छन ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको