Like us!
Follow us!
Connect us!
Watch us!

भीम रावलको प्रश्न- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

अर्थ संसार

बुधबार, ०९ जेठ २०८१, २१ : १४ मा प्रकाशित

भीम रावलको प्रश्न- के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ?

नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक फरक कानुन हुन्छ भन्दै प्रश्न गरेका छन् । 

सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरित दुई नागरिकता र दुई राहदानी हुदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गरेका हुन् । 

उनले भनेका छन्-  

गृहमन्त्री रवि लामिछानेसंग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको'भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने! के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको