Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद प्रस्ताव बीमा प्राधिकरणमा पेश गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १० : ०९ मा प्रकाशित

हकप्रद प्रस्ताव बीमा प्राधिकरणमा पेश गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

युनाइटेड अजोड इन्स्योरेन्सले पूँजी वृद्धिको योजना अनुसार हकप्रद प्रस्तावलाई नेपाल बीमा प्राधिकरणमा स्वीकृतिका लागि पेश गर्ने भएको छ ।

जेठ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको ३२ औं बैठकले कम्पनीको पूँजी वृद्धि योजना अनुरुप हाल कायम चुक्ता पूँजीको १०० : १५ अनुपातको अर्थात १०० कित्ता शेयर बरावर १५ कित्ता हकप्रद शेयर जारि गर्ने  योजना नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको हो । प्राधिकरणबाट स्वीकृति प्राप्त भए पश्चात पूँजी वृद्धिको प्रस्ताव पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम २०८१ सालको असार मसान्तभित्र न्यूनतम चुक्ता पूँजी पुरा गर्न आवश्यक सबै प्रकृयाहरु सम्पन्न गर्नु पर्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ४१ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको