Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोगले दियो बुद्धभूमी हाइड्रोपावरलाई हकप्रद निष्कासनको स्वीकृति

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, ०९ : ४९ मा प्रकाशित

विद्युत नियमन आयोगले दियो बुद्धभूमी हाइड्रोपावरलाई हकप्रद निष्कासनको स्वीकृति

विद्युत नियमन आयोगले बुद्धभूमी हाइड्रोपावर कम्पनी लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ ।

कम्पनीले हालको चुक्तापुँजीको २:३ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेकोमा आयोगले १:१ अनुपातमा निष्कासन अनुमति दिएको हो । कम्पनीको हालको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ । आयोगले अनुमति दिएसँगै अब कम्पनीले साधारणसभामा हकप्रद प्रस्ताव पेश गर्नेछ ।

कम्पनीले हकप्रद निष्काशन सम्बन्धी कार्य गर्न एनआइसी एशिया क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता गरिसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको