Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

अर्थ संसार

बुधबार, ३० जेठ २०८१, ०८ : ३३ मा प्रकाशित

बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारणसभा आज,  शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव

बुद्धभूमि नेपाल हाइड्रोपावरको विशेष साधारणसभा आज बस्दै छ।  साधारण सभाले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गर्नेछ।  

कम्पनीले  हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले आज जेठ ३० गते विशेष साधारण सभा डाकेको हो। हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे बस्ने छ। 

सभाका लागि कम्पनीले बुधबार जेठ २३ गते बुक क्लोज तय गरेको छ अर्थात जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र सभमा भाग लिन पाउनेछन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको