Like us!
Follow us!
Connect us!
Watch us!

शतप्रतिशत हकप्रद जारी गर्न बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, ०७ : ३६ मा प्रकाशित

शतप्रतिशत हकप्रद जारी गर्न बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्यो विशेष साधारणसभा

बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । 

कम्पनीले  हाल कायम चुक्ता पुँजीको शत प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव सहित कम्पनीले जेठ ३० गते विशेष साधारण सभा डाकेको छ। हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आफ्नो विशेष साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे डाकेको हो  । 

सभाका लागि कम्पनीले बुधबार जेठ २३ गते बुक क्लोज तय गरेको छ अर्थात जेठ २२ गतेसम्म कायम सेयरधनीले मात्र सभमा भाग लिन पाउनेछन् । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको