Like us!
Follow us!
Connect us!
Watch us!

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण:दोषी ठहरिएका इन्जिनियरले गरे आत्महत्या

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १६ : ०४ मा प्रकाशित

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण:दोषी ठहरिएका इन्जिनियरले गरे आत्महत्या

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएको ३ दिन दिनपछि सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर, भक्तपुले जनाएको छ । घरमा सुसाइड नोटसमेत फेला परेकाले आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

विशेष अदालतले जेठ ८ गते पोखरेललाई दोषी ठहर गर्दै ६ महिना कैद तथा ५ करोड ८४ लाख ५५ हजार एक सय ५९ रूपैयाँ जरिवाना र सो बराबरको बिगो रकम असुलको फैसला सुनाएको थियो ।

५७ वर्षीय पोखरेल वन तथा वातावरण मन्त्रालयमा उपसचिवस्तरमा कार्यरत रहेका बेला गत वर्ष निलम्बनमा परेका थिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको