Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दोहोरो अंकको गिरावट,४ अर्ब ४४ करोडको कारोबार

अर्थ संसार

आइतबार, १३ जेठ २०८१, १५ : २० मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट,४ अर्ब ४४ करोडको कारोबार

आज साताको पहिलो कारोबारका दिन सेयर बजार घटेर बन्द भएको छ । आजनेप्से २२.१४ अकंले घटेर २१०९.३४ बिन्दुमा बन्द भएको छ । आइतबार ३१५ कम्पनीको १ करोड १० लाख ४४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

आज ११ उपसूचक राताम्य भएका छन् । आइतबार बैंकिङ समूहको ०.८७ प्रतिशत, विकास बैंकको १.१६ प्रतिशतले सेयर मूल्य घटेको हो ।


आज ४ अर्ब ४४ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको १५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १५ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १४ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शनका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिटी होटलस्का लगानीकर्ताले ८.२४ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ८ प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमि नेपालका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इन्फिनीटि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको