Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा ८ अंकको बृद्धि,साढे पाँच अर्बको कारोबार

अर्थ संसार

सोमबार, २८ जेठ २०८१, १५ : १५ मा प्रकाशित

सेयर बजारमा ८ अंकको बृद्धि,साढे पाँच अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो । सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

 आज सबैभन्दा धेरै एनआरएनको कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २४ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । जानकी फाइनान्सको १६ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले १० प्रतितशका दरले कमाएका छन् । त्रिशुली जलविद्युतका लगानीकर्ताले पनि १० प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । मोलुङ हाइड्रोपावरका लगानीकर्ताले ९.४९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको