Like us!
Follow us!
Connect us!
Watch us!

अहिले नियुक्ति मै यस्तो कुरा आएपछि नियुक्त भएका अध्यक्षले कसरी बजारको हित गर्न सक्लान ?

अर्थ संसार

सोमबार, ०३ असार २०८१, ०७ : ३९ मा प्रकाशित

अहिले नियुक्ति मै यस्तो कुरा आएपछि नियुक्त भएका अध्यक्षले कसरी बजारको हित गर्न सक्लान ?

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेलले नेपाल धितोपत्र बोर्डमा पहिले पनि अध्यक्ष छनोट प्रकियामा अहिले जस्तै सेटीङको विषय अगाडी आउने गरेकोले आफुहरुले यस गरिमामयी पदमा राम्रो मान्छे नियुक्तिका लागि प्रयास गरेको बताएकी छिन। 

'राम्रो मान्छे नियुक्तिको लबिङ गर्न धेरै ठाउँ पुगिसकेकी छु', पोखरेलले बताइन। 

अध्यक्ष नियुक्तिमा पाँच अर्बको भ्रष्टाचार हुन लागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगकोमा उजुरी दर्ता भएको विषयमा उनले आफुले प्रुफ मिले अदालत नै जाने बताएकी छिन। तर मिडिया मा आएकै भरमा अहिले नै प्रतिक्रिया गरि हाल्न नहुने उनको तर्क छ।  

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आइतबार भएको अन्तरवार्तामा सुनियोजित ढंगले ३ जना अनुपस्थित भएको र अध्यक्षको रुपमा नाम बाहिर आइसकेको  सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको मात्र अन्तर्वार्ता गएको विषयमा उनले यस विषयलाई गम्भीर रुपमा नियालिरहेको भनिन। 

उनले हाल नियुक्ति गर्दा नै यस्तो कुरा आएपछि नियुक्त भएको अध्यक्षले कसरी बजारको हाम्रो हित गर्न सक्छ भनेर प्रश्न गरेकी छिन। 

अब बजारको हक हित गर्ने, न्याय गर्न सक्ने अध्यक्ष नियुक्ति हुन पर्ने उनको सरकारसँग माग छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको