Like us!
Follow us!
Connect us!
Watch us!

६ अर्ब माथिको कारोबारमा जलविद्युत समूहको २६.१७% हिस्सा, अरु समूहमा के देखिन्छ ? (विवरण सहित)

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, १८ : ४४ मा प्रकाशित

६ अर्ब माथिको कारोबारमा जलविद्युत समूहको २६.१७% हिस्सा, अरु समूहमा के देखिन्छ ? (विवरण सहित)

यस साताको अन्तिम दिन बिहिबार नेप्से परिसूचक सामान्य करेक्सन हुँदै बन्द भएको छ । लगातार तीन कारोबार दिनदेखि बढेको नेप्से परिसूचक आज भने घटेर बन्द भएको छ।  

आज नेप्से परिसूचक ९.३२ अंक घटेर २११२.२९ विन्दुमा बन्द भएको छ। तेस्तै, सेन्सेटिभ इण्डेक्स ०.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक घटेको छ।

आजको बजारको सबै भन्दा आकर्षक कुरा भनेको बजारले लामो समय पछि ६ अर्ब माथिको कारोबार देख्यो। करिब ५ महिनापछि बजारमा यस्तो भोल्युम देखिएको हो। 

आज ६ अर्ब ४४ करोड कारोबार हुँदा, १३ उपसमूहमध्य २ उपसमूहको परिसूचक मात्र बढ्यो। ११ उपसमूहको परिसूचक भने घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत बढेको छ भने  विकास बैंक उपसमूहको १.३१ प्रतिशत बढेको छ। 

कुन उपसमूहमा आकर्षण ?

आजको कारोबार नियाल्ने हो भने आज कुल कारोबारको २६.१७ प्रतिशत हिस्सा जलविद्युत समूहको देखिन्छ। यस समूह को एक अर्ब ६८ करोड रुपैंयाको सेयर किनबेच भएको छ।  तेस्तै आज यस समूह पछि अर्को समूह फाइनान्सको सबै भन्दै धेरै कारोबार देखिन्छ। आजको कुल कारोबारको २१.२६ प्रतिशत कारोबार फाईनान्स समूहको भएको देखिन्छ।  आज १ अर्ब  ३६ करोड रुपैंया बराबरको सेयर कारोबार यस समूहको भएको छ। 

अर्को क्षेत्र लघुवित्तमा पनि दोस्रो बजारको आकर्षक देखिन्छ।  यस समूहले आजको कुल कारोबारको १६.३८ भाग ओगटेको छ। आज यस लघुवित्तको १ अर्ब ५ करोड बराबरको सेयर कारोबार भएको देखिन्छ। 

हेर्नुहोस् टेबलमा आजको कुल कारोबार र कुल कारोबारमा हरेक समूहको हिस्सा 



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको