Like us!
Follow us!
Connect us!
Watch us!

३ करोड २९ लाख खर्चेर  गाडी किन्दै राष्ट्र बैंक

अर्थ संसार

सोमबार, ०३ असार २०८१, १४ : १३ मा प्रकाशित

३ करोड २९ लाख खर्चेर  गाडी किन्दै राष्ट्र बैंक

३ करोड २९ लाख ७० हजार रुपैयाँ बराबरको नेपाल राष्ट्र बैंकले कार किन्ने भएको छ । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.सँग बैंकले ६ वटा पेट्रोलियम गाडी किन्ने भएको हो । 

गत वैशाख २४ गते एक सूचना जारी गर्दै राष्ट्र बैंकले आवश्यक ६ थान पेट्रोलियम (डिजेल/पेट्रोल)कार किन्न चाहेको भन्दै सार्वजनिक बोलकबोल आह्वान गरेको थियो । 

उक्त बोलकबोलमा परेको आवेदनका आधारमा न्यूनतम मूल्याङ्खित सारभूत प्रभावग्राहीका हिसाबले लक्ष्मी इन्टरकन्टिनेन्टललाई छनोट गरिएको राष्ट्र बैंकले जनाएको छ । 

कम्पनीले ६ वटा कारका लागि कूल ३ करोड २९ लाख ७० हजार रुपैयाँ प्रस्ताव गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको