अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन आज धितोपत्र बजार सामान्य अंकले बढेको छ । १.५५ अंकले बढेको बजारमा ७४ करोड ६८ लाख ३९ हजार २ सय ९२ रुपैयाँको कारोबार भएको छ ।
१ सय ६४ वटा कम्पनीको १३ लाख ५२ हजार ६ सय ४८ कित्ता सेयर खरिदविक्री भएको छ । आज बैंक ०.०९ अंक, होटल २५.८ अंक, हाइड्रोपावर २१.९१ अंक, इन्स्योरेन्स २०.३७ अंक, माइक्रोफाइनान्स ६.०७ अंक र अन्य ०.८७ अंकले बढेको छ ।
कमाउने र गुमाउने कम्पनीहरु
यता विकास बैंक ७.६७ अंक, फाइनान्स ३.९७ अंक र उत्पादन ७.८७ अंकले बढेको छ । सामान्य अंकले बढेको बजारमा आज युनाइटेड इन्स्योरेन्स र रिलायन्स फाइनान्सका लगानीकर्ता आफ्नो आम्दानी केही प्रतिशतले बढाएका छन् भने जानकी फाइनान्स र सिर्जना फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आफ्ना आम्दानी केही प्रतिशतले गुमाएका छन् ।
यो पनि हेर्नुहोस्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस