Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा नेपाल भारत सीमाबाट पक्राउ

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १८ : ५७ मा प्रकाशित

कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सिबी लामा नेपाल भारत सीमाबाट पक्राउ

कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारीका पूर्व अध्यक्ष चन्द्रबहादुर लामा (सिबी) लाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेस काभ्रेका नेतासमेत रहेका लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपाल भारतको सीमाबाट पक्राउ गरेको हो । 

लामा पशुपति सेभिङ्ग एण्ड क्रेडिटको सञ्चालक समेत रहेका छन् ।  प्रहरीले गत फागुनमा कान्तिपुर सहकारीका अध्यक्ष हिमाल विक्रम मल्ललाई पक्राउ गरेको छ ।

गत फागुनमा लामा सहित ११ जना सञ्चालकविरुद्ध बचतकर्ताको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ १९ पैसा रकम ठगी गरेको भन्दै मुद्दा दायर भएको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको