Like us!
Follow us!
Connect us!
Watch us!

सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे:  मेयर बालेन

अर्थ संसार

विहीबार, १७ जेठ २०८१, १९ : २५ मा प्रकाशित

सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे:  मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्युरोडको सडकमा पार्किङ गर्न पाउनुपर्छ भन्दै आन्दोलन गरेकाहरु अहिले फुटपाथ बिस्तारको बिरोधमा लागेको टिप्पणी गरेका छन् ।

मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो।

‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ?’
उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन्। सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ।

‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले भनेका छन्।

विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने मेयर शाहको भनाइ छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको