Like us!
Follow us!
Connect us!
Watch us!

सगुनको मिनी आइपिओमा लगानीकर्ताको ओहिरो, लगानीको समय ७२ घण्टा थप

शुक्रबार, १५ मंसिर २०७४, १३ : १५ मा प्रकाशित

सगुनको मिनी आइपिओमा लगानीकर्ताको ओहिरो, लगानीको समय  ७२ घण्टा थप


अर्थ संसार, काठमाडौं- सुगनले निष्काशन गरको मिनी आइपिओमा लगानीकर्ताको चाप अध्याधिक बढेपछि यसको व्यवस्थापन गर्न ७२ घण्टा समय थप गरिएको छ ।

मिनी आइपिओप्रति विश्वभरबाट  आवेदन दिने लगानीकर्ताको संख्या ह्वात्तै बढेृपछि त्यसलाई व्यवस्थित गर्न र लगानीकर्ताहरुकै माग बमोजिम मिनी आइपीओमा आवेदन गर्ने समय ७२ घण्टा थपिएको सगुनका संस्थापक गोविन्द गिरीले जानकारी दिनुभयो ।

अमेरिकी नियामक सेक्युरिटी एक्सचेञ्ज कमिसन(एसइसी)बाट अनुमति पाएर मिनी आइपिओ निष्काशन गरेको सगुनमा पछिल्लो समय लगानीकर्ताहरुको आकर्षण बढ्दो छ ।

सगुनले दोश्रो राउण्डको शेयर बिक्री म्याद अमेरिकाको न्यूयोर्क समयअनुसार नोभेम्बर ३० तारिख मध्यरातमा सकिने समय सीमा तोके पनि विश्वभरबाट अत्यधिक संख्यामा लगानीकर्ताहरुको चाप तथा बिभिन्न देशहरुमा बैंक ट्रान्सफरमा देखिएको समस्याका कारण सेयर खरिदको समय ७२ घण्टा थप गरिएको  जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

अब अमेरिकी न्यूयोर्क समय अनुसार डिसेम्बर ३ तारिकको मध्यरातसम्म लगानी खुल्ला रहनेछ । सगुनले अमेरिकी कानुन जब्स एक्ट २०१२ अन्तर्गत दोस्रो चरण अन्तर्गत मिनी आइपिओ जारी गरेको हो ।

‘लगानी गर्ने म्याद गुज्रिनै लाग्दा विश्वभरबाट अत्यधिक संख्यामा लगानीकर्ताहरु शेयर खरिदको प्रक्रियामा आउनुुभएको छ ।’

सगुनको विज्ञप्तिमा भनिएको छ–‘अन्तिम समयमा बढेको अनपेक्षित चाप व्यवस्थापन, केही देशहरुमा वायर ट्रान्सफरमा देखिएको समस्या र लगानीकर्ताको अनुरोधलाई समेधन गर्नुपर्ने भएका कारण हाल खुल्ला रहेको सेयर बिक्री अवधिलाई ७२ घण्टाका लागि थप गरिएको जानकारी गराउन चाहन्छौं ।’ विज्ञप्तीमा उल्लेख छ ।

सगुनको लगानीको प्रक्रियामा प्रवेश गरेका, तर व्यवहारिक र प्राबिधिक कठिनाइका कारण सेयर खरिद प्रक्रिया पूरा गर्न नपाएका लगानीकर्ताहरुले थप गरिएको समयमा लाभ लिनसक्ने बताइएको छ ।

अष्ट्रेलिया, भारत लगायतका कतिपय देशहरुबाट बैंकिङ कारोबारमा समस्या आएको कारण त्यहाँको समस्या समाधान गर्न समेत समय थप गरिएको कम्पनीको जनाएको छ ।

लगानी कसरी गर्ने ?

नेपालीले स्थापना गरेको आइटी स्टार्टअप सुनगमा थप गरिएको यो ७२ घण्टाको समय भित्र इच्छुक लगानीकर्ताहरुले www.sagoon.com/invest मा गएर लगानी गर्न सक्नेछन् ।

लगानी सम्बन्धी कुनै प्रकारको जिज्ञासा वा प्रश्नहरु भएमा सगुनको इन्भेष्ट पेजमा २४ सै घण्टा उलपब्ध हुने लाइभ च्याटबाट समेत सहयोग गरिने छ । 

5a21078dc89f5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको