Like us!
Follow us!
Connect us!
Watch us!

उदयपुरमा २ सय ८० किलो गाँजा बरामद

अर्थ संसार

आइतबार, २० जेठ २०८१, ११ : १७ मा प्रकाशित

उदयपुरमा २ सय ८० किलो गाँजा बरामद

उदयपुरको बेलका नगरपालिका८ सिसौलीघाटबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस रामपुरले एरिया गस्ती गर्ने क्रममा बिहान करिब ७ बजेको समयमा गाँजा बरामद भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलकाले  एरिया गस्ती गर्दै जाने क्रममा विशेष सूचनाको आधारमा सिसौली घाटको जङ्गलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अवस्थामा करिब  २ सय ८० किलो गाँजा , २ थान ट्युब  र सानो ठेला गडा १ थान समेत बरामद भएको हो।

सो गाँजा  ट्युबसहित भएकोले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशङ्का गरिएको छ। बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको