Like us!
Follow us!
Connect us!
Watch us!

३१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

अर्थ संसार

सोमबार, २१ जेठ २०८१, १० : ५३ मा प्रकाशित

३१ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले करिब ३१ अर्ब रुपियाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

कार्यालयले २८ दिनका लागि ८ अर्ब रुपियाँ, ९१ दिनका लागि ६ अर्ब ४ करोड रुपियाँ, १८२ दिनका लागि १० अर्ब रुपियाँबराबरको ट्रेजरी बिल नवीकरण र एक वर्षका लागि ६ अर्ब ८३ करोड रुपियाँ गरी कुल ३० अर्ब ८७ करोडबराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

मंगलबार (जेठ २२ गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार जेठ २१ गते दिउँसो ३ बजे बोलकबोल हुनेछ । 

​बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको