एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले हाल कायम विद्यमान सेयरधनीहरुले मात्रै किन्न पाउने गरि २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न चाहाने विद्यमान सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । आवेदन दिदाँ कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा आइपुग्ने गरी निवेदन दिनु पर्ने छ । उल्लेखित सेयरको बिक्री मुल्य बिक्रेताले तोके बमोजिम हुने जनाइएको छ ।
उक्त म्यादभित्र कायम संस्थापक सेयरधनीबाट निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार निवेदनको माग बमोजिम अन्य व्यक्ति वा संस्थालाई नामसारीको लागि सिफारीस अघि बढाइने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस