राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सुरुवात गर्ने सवालमा सरकारको सुरुवाती १०० दिन सफल रहेको बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सरकारको यो अवधि विशेष गरी सुशासन प्रवर्द्धनमा केन्द्रित भएको दाबी गरे।
साथै, सरकार सञ्चालनका क्रममा प्राप्त भएका रचनात्मक सुझावहरूका आधारमा कतै केही कमीकमजोरी देखिएमा त्यसलाई सच्याउँदै थप प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता समेत सभापति लामिछानेले बताए।
उनले भने, ‘तत्काल देखिने नतिजाहरूमा पनि काम निरन्तर भएकै छ। सुशासन सरकारको अहिलेको प्राथमिकता हो। जहाँ नागरिकको भिड हुन्छ, जहाँ आम नागरिकले सेवा प्राप्त गर्ने हुन्छ, तिनलाई डिजिटल, तिनलाई होम डेलिभरी अथवा तिनलाई कम झन्झटिलो बनाउने क्रमको सुरुवात भएको छ। अब असल नियतका साथ गरिएका कतिपय कामहरूमा कहिलेकाहीँ प्रक्रियागत ढङ्गले कहीँ कहीँ कमजोरीहरू जहिले पनि हुन्छन्। सरकारले त्यसलाई रियलाइज गर्यो कि गरेन, करेक्सन गर्यो कि गरेन त्यो महत्त्वपूर्ण कुरा हो। आगामी दिनमा त्यस्ता कमीकमजोरीहरू भएका रहेछन् भने त्यसलाई भविष्यमा नदोहोरिउन् भन्ने कुरामा सचेत रहँदै अगाडि बढ्छौँ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस