Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्सको एफपिओ खारेज, ३० प्रतिशत लाभांशको पस्ताव

शनिबार, १६ मंसिर २०७४, १० : ११ मा प्रकाशित

शिखर इन्स्योरेन्सको एफपिओ खारेज, ३० प्रतिशत लाभांशको पस्ताव

अर्थ संसार, काठमाडौं -  शिखर इन्स्योरेन्स कम्पनीले एफ्पिओको प्रस्ताव खारेज गर्दै १३ औं वार्षिक साधारण सभा पुस ७ गते कम्पनीको केन्द्रीय कार्यालय, थापाथलीमा बोलाएको छ ।

कम्पनीले गत वर्षको साधारण सभाबाट पारित गरेको ४० प्रतिशत एफ्पिओ प्रस्तावलाई खारेज गर्दै वोनस सेयर र नगद लाभांशको प्रस्तावलाई अघि सारेको हो ।

सभाले २९ प्रतिशत वोनस सेयर र कर प्रयोजनको लागि १.५२६३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस अघि पारित  एफ्पिओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति नपाएकाले यस साधारण सभा मार्फत एफ्पिओको प्रस्ताव खारेज गर्न लागेको कम्पनीले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।

साथै, उक्त सभाले सर्वसाधारण तर्फको सेयर स्वामित्व ४४ प्रतिशत कायम गर्न कूल शेयरको १४ प्रतिशत ( संस्थापक तर्फको २० प्रतिशत) सर्वसाधारण सेयर मा परिणत गर्ने नियमावली संसोधन, २ सञ्चालकले कार्य्विधी समाप्त हुनु अगावै दिएको राजिनामा स्वीकृत गर्दै बाँकी समय अवधिको लागि सञ्चालक नियुक्त गर्ने निणर्यलाई  समेत अनुमोदन गर्ने कार्यक्रम तय भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि सेयरधनी दर्ता पुस्तिका मङ्सिर २२ गतेदेखि साधारण सभा नभएसम्मको लागि बन्द गर्ने सूचना दिएको छ ।

5a222f8106d80.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको