Like us!
Follow us!
Connect us!
Watch us!

रानीबारीमा रु चौध लाखसहित दुई पक्राउ

शनिबार, १६ मंसिर २०७४, ११ : ३४ मा प्रकाशित

रानीबारीमा रु चौध लाखसहित दुई पक्राउ

अर्थ संसार, काठमाडौँ–महानगरीय प्रहरी बिट रानीबारीले रु १४ लाखसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ ।

विटका प्रमुख विचित्र मगरको नेतृत्वमा खटिएको टोलीले राति रेडन पुलनजिक जाँचका क्रममा बा६४प ५१८९ नंको मोटरसाइकलमा सवार धादिङ घर भएका किरण भट्टराई र सागर लम्साललाई पक्राउ गरेको हो । अभियुक्त दुवै जनालाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे पठाइएको छ ।

वृत्तका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले स्रोत नखुलेको हुण्डीको हुन सक्ने ठूलो परिणाममा रकम फेला पारिएको बताउनुभयो । उहाँका अनुसार के प्रयोजनका लागि रकम ओसारपसार भइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको