Like us!
Follow us!
Connect us!
Watch us!

मादक पदार्थ सेवन गरी एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए

अर्थ संसार

बुधबार, २३ जेठ २०८१, १३ : ४२ मा प्रकाशित

मादक पदार्थ सेवन गरी एक पुरुषले श्रीमती र ३ छोरीसहित आफैंलाई आगो लगाए

काठमाडौंमा एक पुरुषले श्रीमती र ३ छोरीलाई मट्टितेल खनाएर आगो लगाएका छन् ।

चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका छन् । 

काठमाडौं प्रहरी वृत्त, गौशालाका अनुसार सिंहले श्रीमती बिन्दु र २४ वर्ष, १६ वर्ष र ८ वर्षकी छोरीहरूलाई आगो लगाएको जानकारी दिए । आगोबाट जलेका पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

२४ वर्ष र १६ वर्षकी छोरीहरूको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार गरिएको छ । १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको बर्न अस्पतालले जनाएको छ । अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।

सिंहले मादक पदार्थ सेवन गरी मंगलबार राति झगडासमेत गरेको र घटना घटाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको