अर्थ संसार, काठमाडौं– तपाईसँग भएको पैसा सेयर बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने अहिले बजारमा सात कम्पनीको सेयर बजारमा विक्री भईरहेको छ ।
सात वटै कम्पनीको सेयर बोलकबोलमा राखिएको छ । अधिकांश कम्पनीको हकप्रद निष्काशनको समयमा विक्री नभएको सेयर बोलकबोलमा राखिएको हो ।
बोलकबोल सेयर विक्री गर्ने कम्पनीमा नेपाल क्रेडिड एण्ड कमर्स बैंक लि., सानिमा माइ हाइड्रोपावर, किसान माइक्रोफाइनान्स वित्तीय संस्था, कञ्चन डेभलमेन्ट बैंक, कावेली विकास बैंक, नेपाल ग्रामिण विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् ।
कुनको कति ?
नेपाल क्रेडिड एन्ड कमर्स बैंक लिमिटेड
यस बैंकको संस्थापक सेयर बोलकबोलमा राखिएको छ । बैंकले संस्थापक तर्फको ४ लाख ४४ हजार ६२२ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले गए कात्र्तिक २८ गते पुस ३ गतेभित्र आवेदन दिन सक्नुहुनेछ । यसकालागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्सलाई विक्री प्रबन्धमा नियुक्त गरेको छ ।
सानिमा माई हाइड्रोपावर लिमिटेड
सानिमा माई हाइड्रोपावर लिमिटेडले सर्वसाधारण तर्फको १ लाख ४६ हजार ५९२ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले यही मंसिर ११ गतेबाट मंसिर १९ गतेसम्म आवेदन दिन सक्नेछन
। यसका लागि कम्पनीले सनराइज क्यापिटल लिमिटेडलाई सेयर विक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड
यस माइक्रोफाइनान्स लिमिटेडले सर्वसाधारण तर्फको १ हजार ३५१ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेडबाट यही मंसिर १३ गतेबाट मंसिर १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।
कञ्चन डेभलपमेन्ट बैंक लिमिटेड
सर्वसाधारण तर्फको १४ हजार ५६५ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले यही मंसिर १५ गतेदेखि मंसिर २६ गतेसम्म ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन सक्नेछन् ।
काबेली विकास बैंक लिमिटेड
यस काबेली विकास बैंकको सर्वसधारण तर्फको १२ हजार ५८७ कित्ता सेयर बोलकबोलमा राखिएको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटलबाट यही मंसिर १९ गतेबाट मंसिर २९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
नेपाल ग्रामिण विकास बैंक लिमिटेड
यस बैंकले संस्थापक तर्फको १ लाख ४५ हजार ५७२ कित्ता सेयर बोलकबोलमा राखेको छ । इच्छुक लगानीकर्ताले मंसिर १२ गतेदेखि मंसिर २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर विक्रीको लागि बैंकले एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।
एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड
यस बैकले सर्वसाधारण तर्फको १८ हजार २८६.५० कित्ता सेयर बोलकबोलमा राखेको छ । लगानीकर्ताले यही मंसिर २४ गतेदेखि पुष ९ गते सम्म एस क्यापिटल लिमिटेडमार्फत आवेदन दिन सक्नुहुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस